Skip to main content

Posts

Showing posts from May, 2015

२०७२ सालको बार्षिक राशि फल

बर्षका ग्रहहरू शुरुमा प्रतिकूल रहनेछन् । बाह्रौ राहु, द्वितीय शनिको प्रतिकूल प्रभावले गर्दा एकपछिअर्काे गर्दै समस्याहरू आइरहनेछन् । मानसिक तनाव अनियन्त्रित हुने भएकाले अध्यात्ममा जोड दिनुहोला । शत्रुले खैरो खन्नेछन्, मित्रतथा परिबारको सहयोग पनि खासै देखिन्न । सत्य र असत्य लाइ छुट्याउन मुस्किल पर्नेछ । राजनीतिमा अप्ठ्यारो बनाएर पदप्रतिष्ठाबाट हटाउने प्रयास गर्नेछन् । कुरा काटनेहरू सक्रिय हुनेछन् । धनमाल हराउन सक्ने भएकोले धनको ढुकुटीमा नजर कडाराख्नुहोला । दाँत र मुखमा पीडा हुने सम्भावनाछ । नोकरीमा झुटा आरोप लागाएर स्थानान्तरण वा पदच्युतसम्मको अवस्था सिर्जना हुने भएकोले बोल्दा विचार गर्नुहोला । आषाढ २६ पछि गुरुको अनुकूलताले नोकरी तथा राजनीतिमा आफ्नु वर्चस्व बढ्नेछ । सताउनेहरू क्षमा माग्न थाल्नेछन् । वौद्धिक तीव्रतामा कुटनीतिक क्षेत्र बलियो हुने र राज्यबाट सम्मान पाउने योग छ । आम्दानीको क्षेत्रमा अपेक्षित सुधार आउनेछ । पढाइमा अरु प्रगति हुनेछ, जोश र जाँगर बढ्नेछ । अधुराकाम पुरा हुनुकोसाथै नयाँकाम पाउने योगछ । व्यापारमा प्रगति हुनेछ, प्रेम सफलरूपमा अघिबढ्नेछ । वैवाहिक बन्धनमा बाँधिने वलिय