Skip to main content

२०७२ सालको बार्षिक राशि फल

बर्षका ग्रहहरू शुरुमा प्रतिकूल रहनेछन् । बाह्रौ राहु, द्वितीय शनिको प्रतिकूल प्रभावले गर्दा एकपछिअर्काे गर्दै समस्याहरू आइरहनेछन् । मानसिक तनाव अनियन्त्रित हुने भएकाले अध्यात्ममा जोड दिनुहोला । शत्रुले खैरो खन्नेछन्, मित्रतथा परिबारको सहयोग पनि खासै देखिन्न । सत्य र असत्य लाइ छुट्याउन मुस्किल पर्नेछ । राजनीतिमा अप्ठ्यारो बनाएर पदप्रतिष्ठाबाट हटाउने प्रयास गर्नेछन् । कुरा काटनेहरू सक्रिय हुनेछन् । धनमाल हराउन सक्ने भएकोले धनको ढुकुटीमा नजर कडाराख्नुहोला । दाँत र मुखमा पीडा हुने सम्भावनाछ । नोकरीमा झुटा आरोप लागाएर स्थानान्तरण वा पदच्युतसम्मको अवस्था सिर्जना हुने भएकोले बोल्दा विचार गर्नुहोला । आषाढ २६ पछि गुरुको अनुकूलताले नोकरी तथा राजनीतिमा आफ्नु वर्चस्व बढ्नेछ । सताउनेहरू क्षमा माग्न थाल्नेछन् । वौद्धिक तीव्रतामा कुटनीतिक क्षेत्र बलियो हुने र राज्यबाट सम्मान पाउने योग छ । आम्दानीको क्षेत्रमा अपेक्षित सुधार आउनेछ । पढाइमा अरु प्रगति हुनेछ, जोश र जाँगर बढ्नेछ । अधुराकाम पुरा हुनुकोसाथै नयाँकाम पाउने योगछ । व्यापारमा प्रगति हुनेछ, प्रेम सफलरूपमा अघिबढ्नेछ । वैवाहिक बन्धनमा बाँधिने वलियो सम्भावनाछ । आफूबाट टाढिएकाहरू नजिकिन थाल्नेछन्। माघबाट राहुसमेत अनुकूल हुनेभएकोले समय अझ राम्रो बन्नेछ । सन्तानबाट सुख मिल्नुको साथै नयाँ सन्तान प्राप्तिको योगपनिछ । महत्वपूर्ण जिम्मेवारी पाउनेर सफल पनि हुने योग भए पनि गोपनीयता भने बर्षभरीनै अपनाउनु पर्नेछ ।श्रावण, भाद्र, पौष, चैत्रमा धेरै सफलता मिल्ने ज्येष्ठ,आश्विनमा ठूला कष्ट हुने समय रहेका छन् । 

Comments

Popular posts from this blog

तुला राशि वार्षिक राशिफल २०८२

राशि: तुला (Libra) | स्वामी: शुक्र | रंग: गुलाबी, हल्का निलो | मूलांक: ६, ४, २ सामान्य वार्षिक फल: प्रिय तुला राशिका साथीहरु, २०८२ साल तपाईंको लागि सन्तुलन, साहित्य, कला र सम्बन्धहरुमा विशेष उन्नतिको वर्ष हुनेछ। शुक्र ग्रहको अनुकूल प्रभावले तपाईंलाई आकर्षक व्यक्तित्व, सामाजिक मान्यता र जीवनमा सुख-शान्ति प्रदान गर्नेछ। यस वर्ष तपाईंले नयाँ creative projects सुरु गर्नुहुनेछ र artistic talents मा चम्कनुहुनेछ। तर, निर्णय नलिने स्वभावले केही अवसरहरु गुमाउन सक्नुहुन्छ, त्यसैले timely decisions लिन सिक्नुहोला। Relationships मा compromise गर्नु पर्ने अवस्था आउन सक्छ। करियर र शिक्षा: Career को क्षेत्रमा यो वर्ष धेरै promising छ। Law, fashion, arts, diplomacy र public relations जस्ता fields मा काम गर्नेहरुको लागि विशेष लाभदायक छ। Business partnerships मा success मिल्नेछ। Students ले creative fields मा excellence हासिल गर्नेछन्, तर procrastination बाट बच्नुहोला। आर्थिक स्थिति: Financial status मा improvement आउनेछ। Luxury items, cosmetics र entertainment मा spending बढ्न सक्छ। Joint investments र...

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

  आयस्रोत राम्रो हुनाले रकम सञ्चय हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि लाभ उठाउन सकिनेछ।

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ। सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन्। प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)