मेष राशिसँग
मेषराशिको तुला राशिसँगको अत्तरंग सम्बन्ध सराहनीय रहनेछ । पतिपत्नी या अन्य पारिवारिक सम्बन्ध हुनको लागि एक नरम दोस्रो गरम भएमा राम्रो परिपाटी हुनेछ । मित्रता, दोस्ती, दुबैको शुभ हुनेछ । यिनमा राम्रो विचार, भावना सहयोग एवं प्रेरणाको आदान प्रदान चलिरहनेछ । व्यवसायको भागिदारी फलवती हुनेछ । तपाईको नक्कल झकल सम्बन्ध स्थायी हुनेछ । आघात हुने छैन । तुलाको सर्म्पर्कले मेषमा मिलन आउनेछ । तुलाको न्याय वुद्धिले मेष लाभान्वित हुनेछ । परस्पर सहयोग तथा सद्भावनामा दुवैले कुनै व्यवसाय संस्था, नियमावली सञ्चालन सही ढंगले गर्न सक्नुहुनेछ । हुन त तुला र मेषराशि व्यवहारमा शत्रु पनि पर्दछन् ।
वृष राशिसँग
वृष राशिको तुलाराशिसँग पडकाष्ट पर्छ तापनि राशि स्वामी एउटै शुक्र ग्रह हो । षड्काष्ट दोष अरिष्ट त्यति हुँदैन । तुला राशि वृषराशिको जीवनमा आउने भएमा सावधान भएर कार्य गर्नु राम्रो हुनेछ । यिनको आत्मीय सम्बन्धले परस्पर सुरक्षाको मार्ग राम्रो गर्नेछ । यिनीहरु केही टाढा रहन योग्य हुनेछन् । अधिक निकटमा रहनाले विपरीत असमता उत्पन्न हुन सक्नेछ । आपसमा यदि निस्वार्थ प्रेम बनाउन सके ती दुइको व्यवहारिक क्षेत्र उत्तम बन्नेछ । स्वार्थ, कपट र अहंकारको भावना आउने भएमा सम्बन्ध विच्छेद हुनसक्छ । पति पत्नीको रुपमा या व्यवसायिक भागीदारीको रुपमा सम्बन्ध निर्वाह कठिनले होला । सहयात्री या सहकर्मीको रुपमा बाधा आउनेछ ।
मिथुन राशिसँग
मिथुन राशिको तुलासँगको सम्बन्ध परस्पर हितकारी हुनेछ । केही सावधान रहेमा सम्बन्धको निर्वाह हुनेछ । मिथुन राशि र तुला राशिको मिलनले समाजमा रचनात्मक सक्रियता बढी हुनेछ । तुलाको आत्मशक्ति जागरुक भएमा यसले मिथुनको महत्व चाहना गर्नेछैन, जबकि दुइ निश्चय आत्म प्रकाशनको प्रेरणा आपसमा दिदैरहलान् । कानुनी मामलामा दुवै राशि बाधाको छिन्नभिन्न गर्ने शक्ति हुनेछ । समस्या परेमा विजय लिने यिनको स्वभाव हुनेछ । एक अर्काको सहयोगले यिनको जीवन साथी र साधन सम्पन्न हुनेछ, व्यापारिक उद्देश्यले मित्रता राम्रो भागीदारी राम्रो हुनेछ थोरै समयको लागि दुवैको विछोड हुनसक्छ । दुवै निर्बल र असन्तोषको अनुभव गर्न लाग्दछन् ।
कर्कट राशिसँग
कर्कट राशिमा तुला राशिको सम्बन्ध राम्रो हुनेछ । निष्कपट हृदय राख्नेछन् र पछि सेलाउँदै जाने हुनसक्छ । सम्भाव बूढो उमेरमा सम्बन्ध विछोड हुनसक्छ । २५ प्रतिशत व्यक्तिमा दुइको आपसी सर्म्पर्कमा बौद्धिक विकास भएर अध्यात्मिक क्षेत्र विस्तृत हुनेछ । तुला, कर्कटको जन्म पक्का सम्झेर र्सतर्कताको सहाराले यस सम्बन्धको निर्वाह गर्नुपर्नेछ तर यिनको नक्कल झक्कल हुँदैरहला । आपसमा प्रेमको विस्तार हुनेछ । सौभाग्य, सन्तान, सम्पत्तिमा स्थिरताको लागि पति पत्नीको रुपमा दाम्पत्य जीवन अधिक सफल हुनेछन् ।
सिंह राशिसँग
सिंह राशिसँग तुला राशिको सम्बन्ध आर्थिक सर्म्दर्भमा हितकारी हुनेछ । तुलाले सही सम्बन्ध बनाई नराखेमा सिंहको बहुत साशन बेहोर्नु पर्छ । दुवैको बीचमा भावनाको तुलना हुँदैरहन्छ । आपसमा आवश्यकता, समस्याको प्रति सहानुभूति बनाइराखेमा सम्बन्धको निर्वाह हुनेछ । पति पत्नीको रुपमा यो सम्बन्ध निर्वाह योग्य हुनेछ । प्रेमी प्रेमीकाको रुपमा बात खुल्न जानेछ र अपमान व्यहोर्नु पर्नेछ । तिरस्कार सहनुपर्नेछ । यी दुवै भाइ भाइ अथवा बाबु छोरा खुला विरोध गर्दै रहनेछन्, व्यापारी भागीदारीमा स्थिरताको अभाव हुनेछ ।
कन्या राशिसँग
कन्या राशिसँग तुला राशिको व्यक्तिहरुको सम्बन्ध भएमा दुवै प्रभावित लाभान्वित हुनेछन् । यिनको सम्बन्ध बन्नाले दुवैको आत्म सन्तुष्टि रहनेछ । तुलाको प्रत्यक्ष अप्रत्याशित एवं गुप्त जीवनको सन्निकट सम्बन्ध बनाई राख्नमा कन्या राशि पूणतः र्समर्थक हुनेछ अधिक समझदारीको आवश्यकता सम्झेर कन्याले लाभकारी सम्बन्ध बनाई राख्न चाहनेछ । तुलाले कन्याको लाभकारी प्रभावको आकर्षणण मिल्नेछ । कन्याको सर्म्पर्कमा तुलाको नोकरी व्यापारादि योजनामा सफलता मिल्नेछ । यिनको घरेलु तथा वैवाहिक सम्बन्ध सुख शान्तिले परिपूर्ण बनिरहन्छ ।
तुला राशिसँग
तुलासँग तुलाराशिको सम्बन्ध परस्पर संवेदनशील न्यायपूर्ण रहनेछ । यिनम शारिरिक तथा आर्थिक आकर्षणण रहनेछ । दुवैले एक अर्कालाई प्रभावित पार्ने परस्पर जिद्धी गर्ने हुन्छन् । एकले दोस्रो प्रतिबाट लाभ पाउने व्यवसायको भागिदारीमा हितकर सिद्ध हुनेछन् । दोस्रोको दुःख सुदको विचार गर्नाले नराम्रो कहिल्यै हुनेछैन, अझ पति पत्नीको रुपमा यिनको सहयात्रा दुखदिने हुने छैन । आपसमा निराशाको अनुभव हुनेछैन । धोका खाने अवस्था पनि हुनेछैन । पूर्ण व्यवहारिकताको कारण आपसमा राम्रो हुनेछ । प्रेम विवाह पनि सफलै हुनेछ ।
वृश्चिक राशिसँग
वृश्चिकराशिसँग तुलाराशिको सम्बन्ध व्यवहारिक दृष्टिकोणकले ठीक हुनेछ । एकले दोस्रोलाई खुशी राख्न चेष्टा गर्दछन् । तर, अधिकांश विफल हुन जानेछ । यिनको देखा देखमा तुलाले वृश्चिकलाई निरन्तर अघि बढ्ने प्रेरणा दिनेछ । यदि तुलाको सर्म्पर्क वृश्चिकसँग भएमा भौतिक उन्नतिको मार्ग बढ्न सरल हुनेछैन । किनकि वृश्चिकबाट तुलालाई कही लाभ हुनेछैन । स्वतन्त्रता, देख्नमा विलास, सौर्न्दर्य तथा घरेलु समस्या वृश्चिकलाई प्रिय छ, जुन कुरा त्यसको सुसंस्कृत, संभाषण, शारिरिक आकर्षणण, सुन्दर, अहारविहार तथा सुखी जीवन प्राप्त गर्नमा सफल हुनेछन् । तर तुला र वृश्चिक राशिको पति पत्नीमा अर्थ अभाव भैरहला । राशि शत्रु र दोस्रो बाह्रौ परेकोले यिनको त्यति सुखी जीवन हुँदैन ।
धनु राशिसँग
धनुराशिसँग तुलाराशिद्धारा अनेकरुपमा सहायता मिल्नेछ । यथार्थ धरातलमा आधारित तुला र धनुको सम्बन्ध मधुर भएको देखिन्छ । धनुको गृह सुरक्षाले आर्थिक आधारको तुला राशिलाई राम्रो अर्थमा प्रभावित गर्नेछ । आपसमा दुवै यदि थोरै त्याग गर्न सके पनि पारस्परिक सम्बन्ध अधिक सुदृढ हुन जानेछ । दुवैलाई राम्रो समझदारी भैरहे यस संयोगले जीवन साथी स्थायी सुखद् बन्नेछ । दुवै राशि रुढिवादीलाई तोड्ने बानी हुने, स्थिर राशिलाई देखाउने कार्य गर्ने आलोचक हुने, सहन नसक्ने, दुवैजना भेट भएपछि व्रि्रोह र क्रान्ति हुनेछ । राशि इश्वर सम शत्रु परेको छ ।
मकर राशिसँग
मकर राशिमा तुला राशिको स्वभाविक आकर्षणण रहनेछ । मकरको भावुकताले तुला अगाडी जानेछ । मकरको सम्बन्ध तुलासँग र्सवाधिक श्रेष्ठ हुनेछ । तुलासँगको घनिष्ट सम्बन्धले मकरको उनकै आकांक्षा पूर्ण हुनेछ । यिनसँगको जागरुकताले घरेलु जीवनको वातावरण राम्रो प्रभाव पर्नेछ । सामान्य स्तरले यिनको सरलता बनिरहन्छ । एक दोस्रोको लागि दुवै प्रेरणादायी बन्नेछन् । दुवै चर राशिको हुनाले सौन्दर्य, रोमान्स, मनोरञ्जन, परिवर्तन एवं उत्तेजनामा यिनको अधिक समय बित्नेछ । पति पत्नीको रुपमा राम्रो जीवन निर्वाह हुनेछ । दाम्पत्य जीवनमा सौभाग्य, सन्तान सम्पन्नता आदिको स्थिरता रहनेछ । सहपाठी, सहकर्मी, सहचर, व्यवसायिक पाटनर भएर काम गर्दा पनि सफल हुनेछ ।
कुम्भ राशिसँग
कुम्भराशिसँग तुलाराशिको ज्ञानवर्द्धक सम्बन्ध हुनेछ । कुम्भलाई प्रसन्न पार्न सके तुला मानसिक उदासीबाट बच्न सक्नेछ । तुलाबाट कुम्भको भैत्री न्यायपूर्ण रहनेछ । सत्य, असन्य केही प्रसंगले तुलाकुम्भको सम्बन्ध सरल हुनेछैन । सुख तथा सन्तुलनको यो सम्बन्ध श्रेष्ठ सिद्ध हुनेछ । गृहस्थ जीवन भूसम्पत्ति क्रय, विक्रय, धन, संग्रह व्यवसायिक सञ्चालन आदिमा तुला कुम्भको परस्पर सहायक रहनेछ । तुलाको लालचीपन तथा कुम्भको दृढता मिलेमा नवीन अनुसन्धान, नवनिमार्ण जागरण एवं विवादको अन्त्य गर्न सक्नेछ । यिनको वैवाहिक जीवनको सुख सम्पन्नता सुनिश्चित हुनेछ ।
मीन राशिसँग
मीन राशिसँग तुलाको सम्बन्ध स्थिर हुनेछैन । यथार्थबाट पछि हटेर भावुक हुन र यिनको सम्बन्ध आधारित भएर सफल हुन कठिन हुनेछ । पति पत्नीको रुपमा दाम्पत्य जीवन असफलै हुन सक्छ । तुलाबाट मीनसँग सम्बन्ध सुखद् हुँदैन । तुला मीनको पारस्परिक भ्रमजाल यदि समाप्त भएर समझदारी र आत्म सन्तुलनमा रहेमा सम्बन्ध आकर्षण एवं स्थिर हुन सक्ला । आपसमा दोषारोपण गर्ने, उसको उससँग राग द्धेष बनिरहनेछ । तुलाले मीनलाई व्यहारिकता एवं योवनको शिक्षा दिनेछ । मीनराशि तुलाको नियन्त्रण तथा अनुशासनमा बाधिई कार्य गर्नेछ । तुलालाई मीनले अधिक सक्रियता देखाई दिनेछ । दुवैको सम्बन्ध सदैव कृपाले मात्र बन्ला । यिनको षडकाष्ट परेको छ र शत्रु स्वामी पर्छ ।
Comments
Post a Comment