Skip to main content

तुला राशी

तुला
२०६६ साल » तुला राशी
र री रु रे रो ता ती तू ते
यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको चौथो स्थानमा र केतुले दसौँ स्थानमा भ्रमण गर्दै हुनाले राहु र केतुका तर्फाट यस अवधिमा तपाईलाई स्वजनका तर्फाट कलह प्राप्त होला । काम गर्ने जाँगरमा कमी होला । सामाजिक प्रतिष्ठामा बाधा पर्ला । चिन्ताको कारणले शरिरमा रोग पैदा होला । घर जग्गा खरिद बिक्रीमामा नोक्सानी होला । रुपैयाँ पैसाको कमी होला । ऋण लिनेदिने काममा सावधानी अपनाउनु पर्ला । परिवारका सदस्य, भाई, बहिनीले खिल्ली उडाउलान् । बेकारमा बदनाम भइएला ।

कार्त्तिक १८ गतेबाट राहु तेस्रो र केतु नवौँ स्थानमा जानाले त्यसपछि सुख सन्तोष होला । धनको लाभ होला । व्यवसायमा सफलता मिल्ला । आफन्तले सक्दो सहयोग गर्लान् । धर्मकर्मको काममा बाधाको योग छ । धनको लाभ हुनेछ । भाइ बन्धु साथीहरुमा खटपट पर्ला । तापनि शत्रु नाश हुनेछन् । हरेक ठाँउम तपाईको इज्जत रहला । कुनै विशिष्ट व्यक्तिबाट तपाईलाई सहयोग होला । घर जमीन जायजेथाका कारण सुख होला ।

बृहस्पति पाचौँ स्थानमा रहेकाले तपाईलाई विद्या वुद्धिको लाभ होला । सन्तान परिवारका तर्फाट सुख सन्तोष होला । उमेर अनुसार सन्तानको जन्म हुन सक्ला । सज्जनको संगत होला । राज्यका तर्फाट उन्नति प्रगति होला । कामकाजमा सफलता मिल्ला । इष्टमित्र कुल कुटुम्बबाट सुख होला । आनन्द मिल्ला । पदको प्राप्तिको पनि सम्भावना छ ।

साउन २४ गतेबाट बक्री भएर चौथो फर्किएकोले वन्धुवर्गबाट क्लेश होला, पशु चौपाया वा बाहनका तर्फाट भय होला । धनको हानी होला । कान्ति मलिन होला । शत्रु बृद्धि होलान् । देश त्याग्नुपर्ने सम्मको झमेला आइलाग्ला । मंसिर २९ गतेबाट गुरु पाँचौँ स्थानमा जानाले विद्या बुद्धिको विकास होला । सन्तान परिवारको सुख होला । वैशाख जेठ र असारमा प्राप्त भएको फल चैत्रसम्म प्राप्त हुनेछ ।

शनि ग्रह विगतका बर्षरुदेखि नै एघारै स्थानमा भएकाले धन मानमा वृद्धि होला । व्यवासायमा सफलता मिल्ला । रोगबाट मुक्ति मिल्ला । शुभ कार्यले मान प्रतिष्ठा बढ्ला । धन मानको प्राप्ति होला । भाद्र २० पछाडि शनिका तर्फाट व्यर्थैकोको परिश्रम गरिएला । शत्रुद्धारा धनको नाश होला । सन्तान तथा परिवारमा रोग, पीडा, झगडा होला । धनको नाश होला । तपाईलाइ गरिब गराउला । यो समयमा साँढे सात शनि दशा सुरु भएकाले विशेष फलको चर्चा अलग अलग होला । पुस महिना पछाडि उल्टो बक्री हुने समयभरि प्रायः अशुभ फल मिल्ला । स्वास्थ्यमा समस्या होला । चोरबाट हानी होला । शारिरिक कष्ट पर्ला । चिकित्सको सहारा लिनुपर्ला । नोकरीमा बाधा योग छ । 

Comments

Popular posts from this blog

तुला राशि वार्षिक राशिफल २०८२

राशि: तुला (Libra) | स्वामी: शुक्र | रंग: गुलाबी, हल्का निलो | मूलांक: ६, ४, २ सामान्य वार्षिक फल: प्रिय तुला राशिका साथीहरु, २०८२ साल तपाईंको लागि सन्तुलन, साहित्य, कला र सम्बन्धहरुमा विशेष उन्नतिको वर्ष हुनेछ। शुक्र ग्रहको अनुकूल प्रभावले तपाईंलाई आकर्षक व्यक्तित्व, सामाजिक मान्यता र जीवनमा सुख-शान्ति प्रदान गर्नेछ। यस वर्ष तपाईंले नयाँ creative projects सुरु गर्नुहुनेछ र artistic talents मा चम्कनुहुनेछ। तर, निर्णय नलिने स्वभावले केही अवसरहरु गुमाउन सक्नुहुन्छ, त्यसैले timely decisions लिन सिक्नुहोला। Relationships मा compromise गर्नु पर्ने अवस्था आउन सक्छ। करियर र शिक्षा: Career को क्षेत्रमा यो वर्ष धेरै promising छ। Law, fashion, arts, diplomacy र public relations जस्ता fields मा काम गर्नेहरुको लागि विशेष लाभदायक छ। Business partnerships मा success मिल्नेछ। Students ले creative fields मा excellence हासिल गर्नेछन्, तर procrastination बाट बच्नुहोला। आर्थिक स्थिति: Financial status मा improvement आउनेछ। Luxury items, cosmetics र entertainment मा spending बढ्न सक्छ। Joint investments र...

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

  आयस्रोत राम्रो हुनाले रकम सञ्चय हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि लाभ उठाउन सकिनेछ।