यस राशिको स्वामी शुक्र ग्रह हो । यो ग्रह कामदेवको प्रभावकारी हुनाले सुन्दर, सौन्दर्य, हास विलासमा इच्छा गर्ने, समयको विचार गर्ने, बखत बखतमा मौका विचार गरी काम गर्ने, जस्तै विवाहबाट व अन्य स्त्रीबाट, साथी मित्रबाट, व्यापारबाट आम्दानी गरि सन्तोष रहने, तर स्त्री जातिबाट केही हानि पनि हुनसक्छ । यिनीहरु सत्य र रजा गुणी दुवै व्यवहारका हुन्छन् । अरुका समस्या, उपकार, परोपकार आफ्नो नोक्सानी सहेर पनि गर्ने हुन्छन् । कहिलेकाँही यिनीलाई बन्धु वर्गबाट दुःखादि दिने पनि हुन्छन् । झगडाको कारण मुद्धा मामिलामा पनि फस्नुपर्छ तर सफल पनि हुन्छन् । यिनलाई स्वतन्त्र व्यवहार गर्न र सुन्दरतापटि विशेष रुचि हुन्छ । जीवनमा जनतालाई आफ्नो अधीनम लिन सक्छन् । कुनै लक्ष आफ्नो पराक्रमद्धारा पूर गर्ने हुन्छन् । त्यति शत्रुको भय रहन्न । मौलिक हक, स्वतन्त्र तथा प्रगतिको इच्छा राख्ने हुन्छन् । तर पनि यिनीहरुको व्यक्तित्वको विकास विस्तारै विस्तारै हुन्छ । यिनीहरु मित्र बनाउन र अर्कालाई प्रभावित पार्न एकदमै सिपालु हुन्छन् । यिनीहरुलाई भविष्यको लागि पाइला चाल्न केही मुश्किल पर्छ । किनकि यिनीहरु आफ्नो निर्णयलाइ सजिलैसँग बदल्नसक्ने खालका हुन्छन् ।
२०६६ साल » तुला राशी र री रु रे रो ता ती तू ते यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको चौथो स्थानमा र केतुले दसौँ स्थानमा भ्रमण गर्दै हुनाले राहु र केतुका तर्फाट यस अवधिमा तपाईलाई स्वजनका तर्फाट कलह प्राप्त होला । काम गर्ने जाँगरमा कमी होला । सामाजिक प्रतिष्ठामा बाधा पर्ला । चिन्ताको कारणले शरिरमा रोग पैदा होला । घर जग्गा खरिद बिक्रीमामा नोक्सानी होला । रुपैयाँ पैसाको कमी होला । ऋण लिनेदिने काममा सावधानी अपनाउनु पर्ला । परिवारका सदस्य, भाई, बहिनीले खिल्ली उडाउलान् । बेकारमा बदनाम भइएला । कार्त्तिक १८ गतेबाट राहु तेस्रो र केतु नवौँ स्थानमा जानाले त्यसपछि सुख सन्तोष होला । धनको लाभ होला । व्यवसायमा सफलता मिल्ला । आफन्तले सक्दो सहयोग गर्लान् । धर्मकर्मको काममा बाधाको योग छ । धनको लाभ हुनेछ । भाइ बन्धु साथीहरुमा खटपट पर्ला । तापनि शत्रु नाश हुनेछन् । हरेक ठाँउम तपाईको इज्जत रहला । कुनै विशिष्ट व्यक्तिबाट तपाईलाई सहयोग होला । घर जमीन जायजेथाका कारण सुख होला । बृहस्पति पाचौँ स्थानमा रहेकाले तपाईलाई विद्या वुद्धिको लाभ होला । सन्तान परिवारका तर्फाट सुख सन्तोष होला । उमेर अनुसार सन्त...










Comments
Post a Comment