तपाईको राशि तुला हो । हृदयमा आफ्नो कर्तव्य कर्मको ज्योति हमेशा प्राप्ति रहनेछ । मर्ूख मानिसको मनको अन्धकारलाई पनि दूर गर्ने स्वभावको हुनुहुन्छ र्।र् इश्वरभक्तिमा अग्रसर, सात्विक गुण, देव, बाह्रम्मण, साधुसन्तको सेवामा अग्रसर तथा आफ्नो धर्मको आचरण गर्नेम तत्पर रहने हुनुहुन्छ । तपाई आफ्नै स्वभावको हुनुहुन्छ । आर्थिक लेनदेन, प्रचार र प्रतिस्पर्धा गर्नु, चतुर शास्त्र, प्रचारप्रसार गर्ने, गम्भीर अनुमान गर्ने, हँसिलो मुख व स्वभाव तपाईको छ । तपाईको न्यायकर्म प्रिय मान्नको कारण समाजमा विद्धेष, न्यायको तुलना गर्ने तपाईको विशेषता होला । पुत्र, कन्या दुवै कमजोर या रोगी हुनाले सन्तानको सुख कमी हुनसक्छ । तपाईको प्रारब्ध र प्रयत्न सुन्दर, मिलाप, व्यवसाय, योग्यताको वृद्धि सहायक हुनेछ । पत्नीको आयुको शंका हुनसक्छ । शिवको आराधना गर्नाले स्त्रीको आयु राम्रो हुनेछ अर्थात् दीर्घायु हुनेछ । यशस्वी, प्रसन्न चित्त, गुणवान, दानी, नम्र स्वभाव समाजको बिचमा स्थिररहने, र्सवमान्य, शान्त स्वरुप, पुष्ट शरिर, दीर्घ आयु बलप्रष्ट हुनेछ । गुरुभक्त, शिल्पकला, शास्त्रमा निपूर्ण, समाजमा गौरव प्राप्त गर्ने व्यक्ति तपाई हुनुहुन्छ ।
प्रगतिको दृष्टिमा तपाईको राशि ठीक छ । परन्तु वादविवाद, चिकित्सा कर्म तथा बौद्धिक विकासमा तुलाराशि सहायक हुनेछ । शरिरमा गुप्तेन्द्रीय रोग, चर्मरोग, चिनीको घटबढी रोग, शीतज्वर आदिले यदाकदा पीडित हुने आशंका छ । प्रति वर्षअप्रिलको ४,१४,१९,२४ तारिख गुरुवारको दिन, वृष कन्या, मकर राशिवाला व्यक्ति र लाल रंगको वस्त्रादि पदार्थ तपाईको लागि हितकर हुने छैन । तपाईको स्वभाव सेवा प्रकृतिको भावना हुनेछ । तुला राशिको स्वामी शुक्रको प्रभाव तपाईको रजोगुणी स्वभाव, काम शक्ति, शारिरिक आकर्षा, स्त्री सम्बन्ध, कला, सीपको साथ वसन्तऋतुको फूल समान शरिर, कुनै कष्ट, नित्य कर्म तथा नोकरी व्यवसायमा आकस्मिक व्यवधान, तपाईको धैर्य रहनेछ । मध्य उमेरमा धन लाभ र ख्याति प्राप्त हुनेछ तर विष अग्निरोग वा कुनैरोगले शरिरमा कष्ट योग छ । परोपकार, अर्कालाई गुन गर्दा वैगुन अपमान बेहोर्नुपर्ला । देश देशान्तरको यात्रा तथा खराब मानिसको संगत हुने योग छ । अन्त्य उमेरमा यात्रा तथा खराब मानिसको संगत हुने योग छ । आधा उमेरपछि नोकरीवालालाई पदोन्नति, शासन पक्षबाट केही भयमा शत्रु वाधाबाट कष्ट मिल्नेछ । अधिक खर्चबाट समस्या पर्न सक्छ । पित्त, वायुको कष्ट, कानको रोगले, सिद्धि उपासना वा दान पुण्यमा बाधा पर्नेछ । साधारण धनलाभ, पारिवारिक क्लेश, अनियमित स्त्रीपुत्र आदिको सुखको कामना चिन्तितर हुने योग छ । हतियार तथा अग्नि भय रहनेछ । धन केही खर्च हुन्छ ।
पुत्र अथवा पत्नीको सहयोगको प्राप्ति हुनेछ । भूमि, गृह बाहनको सामान्य सुख हुनेछ । अन्न, धन वस्त्रादि सुख ठीक हुनेछ । घरमा विवाहादि उत्सव हुनेछ कुनै दुइ तीन यात्रा लाभदायी छ । अन्तिम उमेरमा अभिष्ट सिद्धि ठूलो प्रगति तथा ठूला आयोजनाको पूर्ति सम्भव छ । तपाईको जिन्दगी हिँड्ने, फिर्ने, घुम्ने कार्य रेलको इन्जिन सरह हुनेछ । तपाई अल्छी र आनन्दसँग बस्नुहुन्न । केही न केही इलम नगरे छटपट मान्नुहुन्छ । तपाइको पुरुषार्थ हिम्मत, शक्ति, कामको कोशिस, मुश्किल पर्ने अवस्थामा पनि सफल हुनुहुन्छ । धन दौलत संग्रह गर्न नपाइको बखतमा पनि बोलेको भरमा पनि तपाई सफल हुनुहुन्छ । मिहिनेत ज्यादा गर्ने हुनाले स्वार्थ र कञ्जुसी गर्न पनि तपाई चुक्नुहुन्न । परन्तु आफ्नो आत्मबल एवं पुरुषार्थको शक्तिले बडोबडो काम गर्न सफल हुनुहुनेछ । जसको तपाई सहयोग गर्नुहुन्छ उही आफ्नो बदनाम गर्ने हुन्छ । तपाईलाई धर्मको वास्तविक रुपको पालना नगरे स्त्री, सन्तान, स्वास्थ, वरिपरि, व्यापार, नोकरी, धर्म कमृ, सट्टा पट्टामा कष्ट हुनेछ । बैरागी, साधु, सन्यासी, ज्ञान चर्चा पनि हुनेछ । परदेश यात्रा वा प्रवास मोजमा बढी खर्च हुनेछ ।