Skip to main content

तपाइको चैत्र माहिनाको राशिफ


तुला
२०६६ साल » चैत्र महिना » तुला राशी
र री रु रे रो ता ती तू ते
यस महिनामा सूर्यले तपाईको जन्मराशिको एघारौँ स्थानमा भ्रमण गरेकोले तपाईलाइ अधिक मात्रामा धनको लाभ होला । स्थानमानको प्राप्ति होला । रोगको नाश होला । अध्ययन, लेखन, एवं धार्मिक आयोजनामा रुचि बढ्ला । स्वास्थ्य साधारण रहला । बौद्धिक कार्य सफल होला ।मंगल ग्रह तपाईको राशिको बाह्रौ स्थानमा भ्रमण गर्दै हुनाले तपाईलाइ धनको हानी होला । गर्मी र तापले रोगी बनाउला । मानसिक चिन्ता होला । आँखासम्बन्धी रोगले सताउला । कुटुम्बहरुबाट धोका होला । नयाँ काममा हानीको सम्भावना छ ।बुध ७ गतेबाट बाह्रौ स्थानमा जानाले धनको खर्च होला । सुखको हानीको सम्भावना छ । मानसिक अशान्ति होला । खानामा अरुचि होला । झगडा आदिको सामना गर्नुपर्ला । शुक्र ग्रह तपाईका लागि लाभ स्थानमा रहेका छन् तर ८ गतेबाट बाह्रौँमा जानाले धन वस्त्र आदिको लाभ होला । काममा जाँगर थपिएला । मिष्ठान्न भोजनको प्राप्ति होला । आफन्तको सहयोग प्राप्त होला । नराम्रो परिणामको पछाडि गुप्त शत्रुको हात हुनसक्छ । बलवान् शत्रु मित्रको रुपमा उपस्थित हुन सक्ला । निजी साहस, पुरुषार्थ बढ्ला । धार्मिक र सामाजिक काममा रुचि बढ्ला । खर्चको भार पर्ला । 

Popular posts from this blog

तुला राशि वार्षिक राशिफल २०८२

राशि: तुला (Libra) | स्वामी: शुक्र | रंग: गुलाबी, हल्का निलो | मूलांक: ६, ४, २ सामान्य वार्षिक फल: प्रिय तुला राशिका साथीहरु, २०८२ साल तपाईंको लागि सन्तुलन, साहित्य, कला र सम्बन्धहरुमा विशेष उन्नतिको वर्ष हुनेछ। शुक्र ग्रहको अनुकूल प्रभावले तपाईंलाई आकर्षक व्यक्तित्व, सामाजिक मान्यता र जीवनमा सुख-शान्ति प्रदान गर्नेछ। यस वर्ष तपाईंले नयाँ creative projects सुरु गर्नुहुनेछ र artistic talents मा चम्कनुहुनेछ। तर, निर्णय नलिने स्वभावले केही अवसरहरु गुमाउन सक्नुहुन्छ, त्यसैले timely decisions लिन सिक्नुहोला। Relationships मा compromise गर्नु पर्ने अवस्था आउन सक्छ। करियर र शिक्षा: Career को क्षेत्रमा यो वर्ष धेरै promising छ। Law, fashion, arts, diplomacy र public relations जस्ता fields मा काम गर्नेहरुको लागि विशेष लाभदायक छ। Business partnerships मा success मिल्नेछ। Students ले creative fields मा excellence हासिल गर्नेछन्, तर procrastination बाट बच्नुहोला। आर्थिक स्थिति: Financial status मा improvement आउनेछ। Luxury items, cosmetics र entertainment मा spending बढ्न सक्छ। Joint investments र...

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

  आयस्रोत राम्रो हुनाले रकम सञ्चय हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि लाभ उठाउन सकिनेछ।

तुला राशी

२०६६ साल » तुला राशी र री रु रे रो ता ती तू ते यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको चौथो स्थानमा र केतुले दसौँ स्थानमा भ्रमण गर्दै हुनाले राहु र केतुका तर्फाट यस अवधिमा तपाईलाई स्वजनका तर्फाट कलह प्राप्त होला । काम गर्ने जाँगरमा कमी होला । सामाजिक प्रतिष्ठामा बाधा पर्ला । चिन्ताको कारणले शरिरमा रोग पैदा होला । घर जग्गा खरिद बिक्रीमामा नोक्सानी होला । रुपैयाँ पैसाको कमी होला । ऋण लिनेदिने काममा सावधानी अपनाउनु पर्ला । परिवारका सदस्य, भाई, बहिनीले खिल्ली उडाउलान् । बेकारमा बदनाम भइएला । कार्त्तिक १८ गतेबाट राहु तेस्रो र केतु नवौँ स्थानमा जानाले त्यसपछि सुख सन्तोष होला । धनको लाभ होला । व्यवसायमा सफलता मिल्ला । आफन्तले सक्दो सहयोग गर्लान् । धर्मकर्मको काममा बाधाको योग छ । धनको लाभ हुनेछ । भाइ बन्धु साथीहरुमा खटपट पर्ला । तापनि शत्रु नाश हुनेछन् । हरेक ठाँउम तपाईको इज्जत रहला । कुनै विशिष्ट व्यक्तिबाट तपाईलाई सहयोग होला । घर जमीन जायजेथाका कारण सुख होला । बृहस्पति पाचौँ स्थानमा रहेकाले तपाईलाई विद्या वुद्धिको लाभ होला । सन्तान परिवारका तर्फाट सुख सन्तोष होला । उमेर अनुसार सन्त...