Skip to main content

२०८० | वार्षिक राशिफल

 तुला राशिलाई यो वर्ष उत्साहजनक प्रारम्भिक परिवेशबाट बीचमा केही अवरोहण भए पनि उत्तरार्धमा सफलताको उचाइ प्राप्त गर्न सकिनेछ। गृहस्थी भावमा बृहस्पतिको उपस्थितिले वर्षारम्भदेखि नै विभिन्न अवसर प्राप्त हुनेछन्। पढाइलेखाइ सामान्य रहे पनि नतिजाले उत्साह जगाउनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना देखिन्छ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ। व्यापार र उद्योगले उचाइमा पुर्याउनेछ। अर्थ उपार्जनका विभिन्न स्रोत जुट्नेछन् भने आवास, भूमि तथा सवारीसुख प्राप्त हुने समय छ। मिहिनेतले प्रतिष्ठित स्थान दिलाउनुका साथै जीवनशैलीमा परिवर्तन आउनेछ। यो वर्ष भाग्यले प्रेमपात्र जुराउनेछ। घर–गृहस्थी र सन्तान सुखको भागीदार भइनेछ। देवगुरुका साथमा राहुको समेत युतिसम्बन्ध रहेकाले जन्मकुण्डलीमा राहु प्रतिकूल हुनेहरूलाई असोजसम्म घर–गृहस्थीमा केही बाधाहरू आउनेछन्। पतिपत्नीमा असमझदारी, जीवनसाथीको स्वास्थ्यमा कमजोरी, काममा ढिलासुस्ती, आर्थिक मन्दी, घरजग्गा बन्धकी जस्ता समस्या आउन सक्छन्। विद्याभावका शनि र शीर्षभावका केतु प्रतिकूल हुनाले आलस्य र उदासीन प्रवृत्ति बढ्ने हुँदा प्रगतिको मार्ग संकुचित बन्ने देखिन्छ। दीर्घकालीन योजना नहु“दा उपलब्धिबिनै समय व्यतीत हुनेछ। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। अध्ययनमा लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। पेटको समस्याले स्वास्थ्य कमजोर बन्न सक्छ। विदेश ताक्नेहरूलाई असारदेखि असोजसम्मको समय फलदायी रहनेछ। कार्तिकदेखि शत्रुभावमा जाने राहुको अनुकूल प्रभावले पारिवारिक समस्या समाधान हुनेछन् र अधुरा काम पनि सम्पादन हुनेछन्। केतुको प्रभावले खर्च बढ्ने र वैदेशिक यात्रामा समस्या पर्ने देखिन्छ। प्रतिकूल ग्रहको प्रभाव अनुकूल बनाउन इष्टदेवता र सम्बद्ध ग्रहको पूजा–आराधना गर्नुहोला। महाँकाल, हनुमान र काली भगवतीको पूजा गर्नाले र शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिदेवको दुष्प्रभावबाट मुक्त भइनेछ। बटुकभैरव र छिन्नमस्ताको पूजा गर्दा राहु र केतुको दोष शान्त हुनेछ। साउन, भदौ, पुस र चैत महिनामा विशेष सफलता मिल्नेछ।



उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

Comments

Popular posts from this blog

तुला राशि वार्षिक राशिफल २०८२

राशि: तुला (Libra) | स्वामी: शुक्र | रंग: गुलाबी, हल्का निलो | मूलांक: ६, ४, २ सामान्य वार्षिक फल: प्रिय तुला राशिका साथीहरु, २०८२ साल तपाईंको लागि सन्तुलन, साहित्य, कला र सम्बन्धहरुमा विशेष उन्नतिको वर्ष हुनेछ। शुक्र ग्रहको अनुकूल प्रभावले तपाईंलाई आकर्षक व्यक्तित्व, सामाजिक मान्यता र जीवनमा सुख-शान्ति प्रदान गर्नेछ। यस वर्ष तपाईंले नयाँ creative projects सुरु गर्नुहुनेछ र artistic talents मा चम्कनुहुनेछ। तर, निर्णय नलिने स्वभावले केही अवसरहरु गुमाउन सक्नुहुन्छ, त्यसैले timely decisions लिन सिक्नुहोला। Relationships मा compromise गर्नु पर्ने अवस्था आउन सक्छ। करियर र शिक्षा: Career को क्षेत्रमा यो वर्ष धेरै promising छ। Law, fashion, arts, diplomacy र public relations जस्ता fields मा काम गर्नेहरुको लागि विशेष लाभदायक छ। Business partnerships मा success मिल्नेछ। Students ले creative fields मा excellence हासिल गर्नेछन्, तर procrastination बाट बच्नुहोला। आर्थिक स्थिति: Financial status मा improvement आउनेछ। Luxury items, cosmetics र entertainment मा spending बढ्न सक्छ। Joint investments र...

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

  आयस्रोत राम्रो हुनाले रकम सञ्चय हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि लाभ उठाउन सकिनेछ।

तुला राशी

२०६६ साल » तुला राशी र री रु रे रो ता ती तू ते यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको चौथो स्थानमा र केतुले दसौँ स्थानमा भ्रमण गर्दै हुनाले राहु र केतुका तर्फाट यस अवधिमा तपाईलाई स्वजनका तर्फाट कलह प्राप्त होला । काम गर्ने जाँगरमा कमी होला । सामाजिक प्रतिष्ठामा बाधा पर्ला । चिन्ताको कारणले शरिरमा रोग पैदा होला । घर जग्गा खरिद बिक्रीमामा नोक्सानी होला । रुपैयाँ पैसाको कमी होला । ऋण लिनेदिने काममा सावधानी अपनाउनु पर्ला । परिवारका सदस्य, भाई, बहिनीले खिल्ली उडाउलान् । बेकारमा बदनाम भइएला । कार्त्तिक १८ गतेबाट राहु तेस्रो र केतु नवौँ स्थानमा जानाले त्यसपछि सुख सन्तोष होला । धनको लाभ होला । व्यवसायमा सफलता मिल्ला । आफन्तले सक्दो सहयोग गर्लान् । धर्मकर्मको काममा बाधाको योग छ । धनको लाभ हुनेछ । भाइ बन्धु साथीहरुमा खटपट पर्ला । तापनि शत्रु नाश हुनेछन् । हरेक ठाँउम तपाईको इज्जत रहला । कुनै विशिष्ट व्यक्तिबाट तपाईलाई सहयोग होला । घर जमीन जायजेथाका कारण सुख होला । बृहस्पति पाचौँ स्थानमा रहेकाले तपाईलाई विद्या वुद्धिको लाभ होला । सन्तान परिवारका तर्फाट सुख सन्तोष होला । उमेर अनुसार सन्त...