प्रारम्भमा आयभावका बृहस्पति र राहुको प्रभावले मनग्य फाइदा हुनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने ग्रहयोग छ। मेहनतले मनग्य दाम, इनाम र सामाजिक प्रतिष्ठा दिलाउन सक्छ, मानसम्मान समेत प्राप्त हुनेछ। प्रशंसकहरू बढ्नेछन् भने प्रेम तथा वैवाहिक बन्धनमा बाँधिने अवसर पनि जुर्न सक्छ। लगानी बढाउनु परे पनि नयाँ उद्योगधन्दाको थालनी हुन सक्छ। व्यापार–व्यवसायमा प्रगति हुनेछ। घरजग्गा लगायत स्थायी सम्पत्ति जोड्न सकिनेछ। विद्याभावका केतुको पेटको समस्या निम्त्याउने र धनभावका शनिले धन सञ्चयमा बाधा पुर्याउने सम्भावना छ। फागुन ५ गतेसम्म शनिको अन्त्य साढेसाती परेकाले चिताएको काम समयमा सम्पादन नहुन सक्छ। सामान्य काममा धेरै दौडधुप गर्नुपर्ला। आलोचकहरूले दुःख दिनेछन् भने एकपछि अर्को समस्या आइरहने, झुटा आरोप, आर्थिक अभाव, मानहानि जस्ता समस्या समेत आइरहने देखिएकाले सावधानी अपनाउनुहोला। साउन २२ देखि बृहस्पतिसमेत खर्चभावमा जानाले व्यवहारमा उतारचढाव आउन सक्छ। जन्मकुण्डलीमा कमजोर ग्रहहरूको प्रतिकूल स्थितिमा विभिन्न समस्या आउन सक्छन्। सम्बद्ध ग्रहको मन्त्रजप, काली, वटुकभैरव र वगलामुखीको आराधना तथा शनिबार पीपलमा जल चढाउनाले राम्रो हुनेछ। तुलनात्मक रूपमा जेठ, असोज र माघ महिना अशुभ रहनेछन् भने साउन, भदौ, पुस र चैत महिनामा सफलता मिल्नेछ।
२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।
आयस्रोत राम्रो हुनाले रकम सञ्चय हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि लाभ उठाउन सकिनेछ।
Comments
Post a Comment