Skip to main content

पुष २०८० तुला राशि को राशिफल

 यो महिना धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुनेछ । शेयर बजार र वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ । नयाँ लक्ष्यप्राप्तिको योग देखिन्छन् । कला र मनोरञ्जनमा अभिरुचि जाग्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय छ । यो महिनाको लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

Comments

Popular posts from this blog

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

  आयस्रोत राम्रो हुनाले रकम सञ्चय हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि लाभ उठाउन सकिनेछ।

२०७३ सालको बार्षिक राशि फल

प्रारम्भमा आयभावका बृहस्पति र राहुको प्रभावले मनग्य फाइदा हुनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने ग्रहयोग छ। मेहनतले मनग्य दाम, इनाम र सामाजिक प्रतिष्ठा दिलाउन सक्छ, मानसम्मान समेत प्राप्त हुनेछ। प्रशंसकहरू बढ्नेछन् भने प्रेम तथा वैवाहिक बन्धनमा बाँधिने अवसर पनि जुर्न सक्छ। लगानी बढाउनु परे पनि नयाँ उद्योगधन्दाको थालनी हुन सक्छ। व्यापार–व्यवसायमा प्रगति हुनेछ। घरजग्गा लगायत स्थायी सम्पत्ति जोड्न सकिनेछ। विद्याभावका केतुको पेटको समस्या निम्त्याउने र धनभावका शनिले धन सञ्चयमा बाधा पुर्याउने सम्भावना छ। फागुन ५ गतेसम्म शनिको अन्त्य साढेसाती परेकाले चिताएको काम समयमा सम्पादन नहुन सक्छ। सामान्य काममा धेरै दौडधुप गर्नुपर्ला। आलोचकहरूले दुःख दिनेछन् भने एकपछि अर्को समस्या आइरहने, झुटा आरोप, आर्थिक अभाव, मानहानि जस्ता समस्या समेत आइरहने देखिएकाले सावधानी अपनाउनुहोला। साउन २२ देखि बृहस्पतिसमेत खर्चभावमा जानाले व्यवहारमा उतारचढाव आउन सक्छ। जन्मकुण्डलीमा कमजोर ग्रहहरूको प्रतिकूल स्थितिमा विभिन्न समस्या आउन सक्छन्। सम्बद्ध ग्रहको मन्त्रजप, काली, वटुकभैरव र वगलामुखीको आराधना तथा ...

तुला राशी

२०६६ साल » तुला राशी र री रु रे रो ता ती तू ते यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको चौथो स्थानमा र केतुले दसौँ स्थानमा भ्रमण गर्दै हुनाले राहु र केतुका तर्फाट यस अवधिमा तपाईलाई स्वजनका तर्फाट कलह प्राप्त होला । काम गर्ने जाँगरमा कमी होला । सामाजिक प्रतिष्ठामा बाधा पर्ला । चिन्ताको कारणले शरिरमा रोग पैदा होला । घर जग्गा खरिद बिक्रीमामा नोक्सानी होला । रुपैयाँ पैसाको कमी होला । ऋण लिनेदिने काममा सावधानी अपनाउनु पर्ला । परिवारका सदस्य, भाई, बहिनीले खिल्ली उडाउलान् । बेकारमा बदनाम भइएला । कार्त्तिक १८ गतेबाट राहु तेस्रो र केतु नवौँ स्थानमा जानाले त्यसपछि सुख सन्तोष होला । धनको लाभ होला । व्यवसायमा सफलता मिल्ला । आफन्तले सक्दो सहयोग गर्लान् । धर्मकर्मको काममा बाधाको योग छ । धनको लाभ हुनेछ । भाइ बन्धु साथीहरुमा खटपट पर्ला । तापनि शत्रु नाश हुनेछन् । हरेक ठाँउम तपाईको इज्जत रहला । कुनै विशिष्ट व्यक्तिबाट तपाईलाई सहयोग होला । घर जमीन जायजेथाका कारण सुख होला । बृहस्पति पाचौँ स्थानमा रहेकाले तपाईलाई विद्या वुद्धिको लाभ होला । सन्तान परिवारका तर्फाट सुख सन्तोष होला । उमेर अनुसार सन्त...